आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अदालत

विदेशमा रहेका नेपालीलाई मताधिकार नदिएको विषयमा सरकारको नाममा कारण देखाउ आदेश जारी

बुधबार, २९ चैत २०७९, २० : ५१
बुधबार, २९ चैत २०७९

काठमाडौँ । विदेशमा रहेका नेपालीहरुलाई मताधिकारको व्यवस्था गर्नु भन्ने सर्वोच्च अदालतको परमादेशको कार्यन्वयन नगरेको भन्दै सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीश कुमार चुडालको एकल इजलासले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था नगर्नुको कारण पेश गर्न प्रधानमनत्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई कारण देखाउ आदेश जारी गरेको हो । 

सर्वोच्च अदालतबाट जारी परमादेश कार्यन्वयन नभएको भन्दै नागरिक अभियान्ता नन्दराज उपाध्यायले मंगलबार सर्वोच्च अदालतमा अदालतको अवहेलना सम्बन्धी मुद्दा दर्ता गराएका थिए । सो मुद्दा बुधबारको पेसीमा चढ्दा न्यायाधीश चुडालको इजलासले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो । 

सर्वोच्च अदालतले यसअघि विदेशमा रहेका नेपालीहरुलाई मताधिकारको व्यवस्था गर्न कानुन निर्माण गरी व्यवस्था गर्नु भन्ने परमादेश दिएको थियो । तर सर्वोच्च अदालतको परमादेशलाई सरकारले कार्यन्वयनमा नलगेको भन्दै अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको थियो ।  न्यायाधीश चुडालको इजलासले के कति कारणले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था नगरिएको हो, सो को कारण लिखितरुपमा पेश गर्न पनि सरकारको नाममा कारण देखाउ आदेश जारी भएको हो ।   

उपाध्यायले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई विपक्षी बनाई मुद्दा हालेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप