आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उद्योग वाणिज्य महासंघ चुनाव : जिल्ला नगरतर्फको पनि सुरु भयो मतगणना

बुधबार, २९ चैत २०७९, २१ : ०१
बुधबार, २९ चैत २०७९

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको जिल्लानगरतर्फको पनि मतगणना सुरु भएको छ । बेलुका ८ बजेदेखि सुरु हुने भनिए पनि ढिलागारी मतगणना सुरु भएको हो । 

आज बिहान १० बजेदेखि सुरु भएको मतदान बेलुका ६ बजे सकिएको थियो । बेलुका ८ बजेदेखि मतगणना सुरु हुने भनिएपनि उम्मेदवारबीच विभिन्न विषयमा सहमति नहुँदा ढिलाइ भएको निर्वाचन समितिले जनाएको छ । 

६४ जना कार्यसमिति चयन हुने महासङ्घमा ५ जना निर्विरोध निर्वाचित भैसकेका छन् । आज भएको चुनावबाट ५९ वटा पदमा ११२ जना चुनावी मैदानमा छन् । यसअघि वस्तुगततर्फको मतगणना सुरु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप