आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आईपीएल क्रिकेट : चेन्नाईविरुद्ध राजस्थानको रोमाञ्चक जित

बिहीबार, ३० चैत २०७९, ०६ : ०५
बिहीबार, ३० चैत २०७९

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले चेन्नाई सुपर किङ्सविरुद्ध तीन रनको रोमाञ्चक जित निकालेको छ ।

बुधबार एमए चिदम्बरम रंगशालामा सम्पन्न खेलमा राजस्थानले प्रस्तुत गरेको १७६ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७२ रनमात्र बनाउन सक्यो ।

त्यसअघि टस हारेपछि ब्याटिङमा आएको राजस्थानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७५ रनको योगफल खडा गरेको थियो ।

जितसँगै चार खेलबाट ६ अंक जोडेको राजस्थान तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । चार खेलबाट चार अंक जोडेको चेन्नाई तालिकाको पाचौं स्थानमा छ ।

आइपीएलमा आज पन्जाव किङ्ग्सले गुजरात टाइटन्सको सामना गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप