आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतमा ७ महिनापछि एकैदिन भेटिए १० हजारभन्दा बढी सङ्क्रमित

बिहीबार, ३० चैत २०७९, ११ : ०५
बिहीबार, ३० चैत २०७९

भारतमा ७ महिना २० दिनपछि १० हजारभन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा १० हजार १५८ नयाँ सङ्क्रमित भेटिएका छन् । यसअघि २४ अगस्टमा १० हजार ७२५ सङ्क्रमित भेटिएका थिए । नयाँ सङ्क्रमितमा दुई हजारभन्दा बढी वृद्धि भएको यो लगातार दोस्रो दिन हो । सोमबार ५ हजार ६७६ सङ्क्रमित देखिएका थिए जबकि िमंगलबार ७ हजार ८३० सङ्क्रमित भेटिएका थिए ।

योसँगै भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४४ हजार ९९८ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयको वेबसाइटका अनुसार दैनिक सङ्क्रमण दर ४.४२ प्रतिशत र साप्ताहिक दर ४.०२ प्रतिशत पुगेको छ । यसका साथै निको हुने दर ९८.७१ प्रतिशत छ भने मृत्युदर १.१९ प्रतिशत छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप