आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानबाट एके ४७ को कारतुस र नगद बोकेको ड्रोन खसाल्यौँ : भारतीय सेना

बिहीबार, ३० चैत २०७९, १२ : ५१
बिहीबार, ३० चैत २०७९

भारतीय सेनाले बिहीबार एके ४७ को कारतुस र नगद लिएर नियन्त्रण रेखा पार गरिरहेको एउटा ड्रोनलाई खसालेको दाबी गरेको छ ।  समाचार एजेन्सी एएनआईका अनुसार अप्रिल १२ र १३ को मध्यरातमा भारतीय सेनाले जम्मू कश्मीर प्रहरीको सहयोगमा नियन्त्रण रेखा पार गरी पाकिस्तानबाट भारतको रजौरी जिल्लास्थित सुन्दरबनी सेक्टरको बेरी पत्तन इलाकामा घुसपैठ गरेको ड्रोनलाई बेरी पट्टन क्षेत्रमा खसालेको छ । 

जम्मुस्थित सेनाका प्रवक्ताले उक्त ड्रोनबाट एके ४७ का १३१ कारतुस, ५ म्यागेजिन र दुई लाख भारु बरामद भएको दाबी गरेका छन् । यो कारबाहीपछि उक्त क्षेत्रमा छानबिन अभियान चलिरहेको पनि उनले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप