आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उमेश पाल हत्या प्रकरण : अतिक अहमदका छोरा असद इन्काउन्टरमा मारिए

बिहीबार, ३० चैत २०७९, १३ : ४५
बिहीबार, ३० चैत २०७९

प्रयागराजको चर्चित उमेश पाल हत्या प्रकरणमा परेका बाहुबली नेता अतिक अहमदका छोरा असद अहमद झाँसीमा प्रहरी इन्काउन्टरमा मारिएका छन् । मुद्दाका अर्का अभियुक्त गुलाम मोहम्मदको पनि मुठभेडमा मृत्यु भएको थियो ।

उमेश पाल हत्या प्रकरणमा प्रहरीले यी दुई अभियुक्तको खोजी गरिरहेको थियो । दुवैमाथि पाँच लाख रुपैयाँ पुरस्कार राखिएको थियो । उत्तर प्रदेश प्रहरीका अनुसार यो कारबाही उत्तर प्रदेश र झाँसी प्रहरीको संयुक्त अभियान थियो । प्रहरीका अनुसार यी ‘इनकाउन्टर’ दुई डेपुटी एसपी नवेन्दु र विमलको नेतृत्वमा गरिएको थियो ।

प्रहरीका अनुसार असद करिब २० वर्षका थिए । दुवैको साथबाट विदेशी हतियार पनि बरामद भएको उनको दाबी छ ।
मारिएका दुईजनाबारे प्रहरीले उमेश पालको हत्यामा गोली प्रहार गर्ने दुवै जना रहेको दाबी गरेको छ । उनका अनुसार सीसीटीभीमा दुवैले गोली चलाएको देखिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप