सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
बाईबाई २०७९ : १० तस्बिरमा हेर्नुहोस् यो वर्षको अन्तिम सूर्यास्त
फोटोफिचर

बाईबाई २०७९ : १० तस्बिरमा हेर्नुहोस् यो वर्षको अन्तिम सूर्यास्त

बिहीबार, ३० चैत २०७९

काठमाडौँ । आज वर्ष २०७९ को अन्तिम दिन । भोलिदेखि नयाँ वर्ष २०८० सुरु हुँदैछ ।  नयाँ वर्षको दिन विगतको वर्षको समीक्षा र आउँदो वर्षको योजना र प्रतिज्ञा गर्ने गरिन्छ ।

वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइन्छ । वर्षको पहिलो दिन धेरै मानिस मठमन्दिरमा गई पूजा आराधना गर्ने गर्छन् ।  

सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिनका रुपमा नयाँ वर्षलाई मनाइने प्राचीन परम्परा छ । 

हरेक व्यक्तिले नयाँ वर्षको दिन अघिल्लो वर्ष गरेका कामको सफलता–असफलता मूल्याङ्कन गरी असफलता दोहरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्ने गर्छन् । विश्वमा जहाँ भएपनि नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् । 

वर्ष २०७९ को अन्तिम दिनको साँझ रातोपाटीले कैद गरेका सूर्यास्तका १० तस्बिर हेर्नुहोस्:

sun (1)sun (2)sun (3)sun (4)sun (5)sun (6)sun (7)sun (8)sun (9)sun (10)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया