आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दार्चुलामा प्रेमी–प्रेमिका मृत फेला

शुक्रबार, ०१ वैशाख २०८०, १० : ३७
शुक्रबार, ०१ वैशाख २०८०

काठमाडौं । दार्चुलाको नौगाड गाउँपालिका–४ स्थित सिप्टी जाने सडक खण्डको बासिडाँडामा प्रेमी–प्रेमिका मृत भेटिएका छन् । नौगाड–४ घर भएका लोकेन्द्र ठगुन्ना र सन्जिला धामीको शव भेटिएको दार्चुलाका डिएसपी तर्कराज पाण्डेले रातोपाटीलाई बताए । सडकबाट करिब २५० मिटर तल भेटिएको शव प्रहरीले शुक्रवार बिहान उठाएर अस्पतालमा पठाएको छ । मृतकहरु दुवैजना १७ वर्षका छन् ।

किशोरीको शरीरमा चोटपटक लागेको छ । प्रेमीको शव भिरमा अड्किएको अवस्थामा भेटिएको छ । घटनास्थमा आंशिक फुटेको अवस्थामा मोबाइल भेटिएको डिएसपी पाण्डेले जानकारी दिए । चैत २९ मा उनीहरु मेला हेर्न घरबाट बासिडाँडातर्फ लागेका थिए । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप