आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
रातोपाटी डटकम

रातोपाटीको प्रदेश संस्करण थप परिष्कृतसहित पाठकको सेवामा

शुक्रबार, ०१ वैशाख २०८०, १४ : ५३
शुक्रबार, ०१ वैशाख २०८०

काठमाडौँ । डिस्कभरी न्यूज नेटवर्कद्वारा प्रकाशित ‘रातोपाटी डटकम’को प्रदेश संस्करणलाई थप परिष्कृत गरिएको छ । रातोपाटीले प्रदेशहरुको नामकरणअनुसार सबै प्रदेशको सव–डोमेन निर्माण गर्दै छुट्टाछुट्टै पेज तयार गरेको हो । 

रातोपाटीका संस्थापक ओम शर्माले सुरुदेखि नै आफूहरुले प्रदेशका समाचारलाई प्राथमिकता दिँदै आइरहेको उल्लेख गर्दै परिष्कृत संस्करणले सम्बन्धित प्रदेशवासी पाठकले सहजरुपमा आफ्नो क्षेत्रको समाचार पढ्न पाउने विश्वास गरे । 

प्रदेश संस्करणमा सम्बन्धित प्रदेशका समाचारहरु छुट्टै पेजमा पढ्न सकिने छ । जसअनुसार कोशी प्रदेशका लागि कोशी डट रातोपाटी डटकम (koshi.ratopati.com) पेज निर्माण गरिएको छ । यसैगरी मधेसका लागि मधेस डट रातोपाटी डटकम (madhesh.ratopati.com), बागमतीका लागि बागमती डट रातोपाटी डटकम(bagmati.ratopati.com), गण्डकीका लागि गण्डकी डट रातोपाटी डटकम (gandaki.ratopati.com) पेज निर्माण गरिएको छ । 

यस्तै लुम्बिनीका लागि लुम्बिनी डट रातोपाटी डटकम (lumbini.ratopati.com), कर्णालीका लागि कर्णाली डट रातोपाटी डटकम (karnali.ratopati.com)र सुदूरपश्चिमका लागि सुदूरपश्चिम डट रातोपाटी डटकम (sudurpashchim.ratopati.com) पेज निर्माण गरिएको छ । 

पाठकहरुले उल्लिखित पेज सिधै आफ्नो ब्राउजरमा लगइन गरेर समाचार पढ्न सक्ने व्यवस्था मिलाइएको छ । रातोपाटी २०७४ फागुनदेखि नै संघीय संरचनामा गएको थियो भने हाल आएर यसलाई थप परिष्कृत गरेर पाठकमैत्री बनाइएको हो । आगामी दिनमा प्रदेश पोर्टललाई सशक्त बनाउँदै संघीय शासन प्रणालीमा रातोपाटीको सशक्त उपस्थिति बनाउने योजना रहेको शर्माको भनाइ छ ।  

संघीयतालाई गाउँगाउँ पुर्‍याउने भनिएअनुसार रातोपाटीले सीमान्तकृत जनताको आवाज बोल्ने पनि उनको भनाइ छ । 

रातोपाटीको विभिन्न प्रदेशमा प्रदेश कार्यालय रहेका छन् भने सातै प्रदेशबाट संवाददाता र लेखकमार्फत ताजा समाचार, खोजमूलक रिपोर्टहरुका अतिरिक्त शिक्षा, विज्ञानप्रविधि, सांस्कृतिक गतिविधि, जीवनशैली, स्वास्थ्य, खेलकुद, मनोरञ्जन र साहित्यसँग सम्बन्धितलगायतका सामग्रीहरु प्रकाशित हुँदै आएको छ । यसका साथै रातोपाटीको प्रवास अंग्रेजी संस्करण समेत रहेको छ । ‘सबैको, सबैभन्दा राम्रो’ मूल मन्त्र बोकेको रातोपाटीका पाठकले केन्द्रीय संस्करण भने सधैँझैँ रातोपाटी डटकम लगइन गरेर हेर्न सक्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप