आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सङ्कल्प नव वर्षको

शुक्रबार, ०१ वैशाख २०८०, १६ : १७
शुक्रबार, ०१ वैशाख २०८०

यसरी क्यालेन्डर पल्टिँदैमा
यसरी संवत् फेरिँदैमा 
यसरी ह्याप्पी न्युइयर भन्दैमा
यसरी समय गुज्रिँदैमा
यसरी एक दिन रमाइलो गर्दैमा 
नव वर्ष हुन्छ र ?

आयाराम गयाराम
नव वर्षका नव कुरा गरौँ
नव वर्षमा नव कुरा गरौँ
सिकेर विगतको पाठ 
धोत्लिएर एकछिन् 
सुम्सुम्याएर आफ्नै मुटु
छामेर नाडी आफ्नै सपनाहरूको
कति जीवित छन् कति कोमामा छन् 
सबै पहिल्याएर 
नव वर्षमा नवकुरा सोचौँ

जमना सँगसँगै जमनाभन्दा भिन्न सोचौँ
कसेर एकपल्ट फेरि कम्मर
धोएर एकपल्ट तीता पलका कलुशता
फुकेर एकपल्ट फेरि,
छातीभित्रको आगो
निचोरेर पुराना खिलहरू
बिर्सेर दुखेका दिलहरू
कुल्चिएर तमाम खिन्नतालाई 
तिमी
बिउँझिएर त हेर 
तिमीलाई अँगालो हाल्न
पर्खिरहेको छ
नव वर्षको नयाँ झुल्किँदै गरेको बिहानीले... ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमसागर तिम्सिना
हेमसागर तिम्सिना
लेखकबाट थप