आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बेथिति

स्वास्थ्य मन्त्रालयको बेथिति : अर्बौंको सहायता रकम बजेट तथा कार्यक्रममा समावेश गरिएन

शुक्रबार, ०१ वैशाख २०८०, २३ : १२
शुक्रबार, ०१ वैशाख २०८०

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नगद तथा वस्तुगत सहायतालाई वार्षिक बजेट तथा कार्यक्रममा समावेश नगरेको पाइएको छ । महालेखा परीक्षणको ६० औं वार्षिक प्रतिवदेनमा मन्त्रालयले अर्वौं रकम बजेट तथा कार्यक्रममा समावेश नगरेको औँल्याएको हो । विश्व स्वास्थ्य संगठन, युनिसेफ लगायतबाट प्राप्त वैदेशिक साहयता रकम स्वास्थ्य सेवा विगाग, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रलगायतमार्फत खर्च गरिएपनि मन्त्रालयले बजेट तथा कार्यक्रममा सो कुरा समावेश नगरिएको पाइएको हो ।

विश्व स्वास्थ्य संगठनले सोझै भुक्तानी गरेको नगद अनुदान रू. १ करोड ९ लाख ५१ हजार, स्वास्थ्य सेवा विभागले विश्व स्वास्थ्य संगठनबाट सोझै पाएको अनुदान रू. ७० करोड १५ लाख १२ हजार बजेटमा छैन । यस्तै युनिसेफको रू.१ करोड ७७ लाख १० हजार, विश्व स्वास्थ्य संगठनको रू.५ करोड २४ लाख ७४ हजार र युनिसेफको रू. ६५ लाख ५५ हजार समेत गरी रू.७८ करोड ९२ लाख ५ हजार वैदेशिक सहायता मन्त्रालयले परामर्श सेवा र तालिम कार्यक्रममा भुक्तानी गरेपनि बजेट तथा कार्यक्रममा समावेश नगरिएको हो ।

मन्त्रालयले सहायता रकम बजेट तथा कार्यक्रममा समावेश गरी खर्च गर्नुपर्दछ । यस्तै आर्थिक कार्यविधिमा तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम १७ मा बजेट तथा कार्यक्रमसँग सम्बन्धित सम्झौताअनुसार प्राप्त हुने नगद तथा वस्तुगत सहायतालाई वार्षिक बजेट तथा कार्यक्रममा समावेश गर्नुपर्ने भएपनि त्यसको उलंघन गरिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप