आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्यमा सेवामा ४ हजार ६६६ दरबन्दी रिक्त

शुक्रबार, ०१ वैशाख २०८०, १७ : ३२
शुक्रबार, ०१ वैशाख २०८०

काठमाडौँ । संघीयता लागू भएपनि स्वास्थ्य क्षेत्रमा कर्मचारी समायोजन व्यवस्थित नभएको पाइएको छ । 

महालेखापरीक्षकको ६० औं वार्षिक प्रतिवेदनमा समायोजन पश्चात् पनि व्यवस्थित नभएको उल्लेख गरेको हो । कार्यालयमा बढी र घटी कर्मचारी हुँदा कार्यबोझ र सेवा प्रवाहको अवस्था यथावत् रहको जनाएको छ ।

स्वास्थ्य मन्त्रालय साबिकमा ३१ हजार ५९२ दरबन्दी रहेको मध्ये संघ, प्रदेश र स्थानीय तहमा २६ हजार ७१७ कर्मचारी समायोजन भएका, २०९ फाजिलमा रहेका र ४ हजार ६६६ दरबन्दी रिक्त रहेको प्रतिवेदनमा उल्लेख छ ।

मन्त्रालयले काममा सहजीकरण, विभाग मातहत अन्य कार्यालयसमेत नरहेकोले प्रशासनिक र सेवा प्रवाह सरलीकृत गर्न लागत अनुसारको लाभ प्राप्तिका लागि संगठन संरचनामा पुनरावलोकन गर्न आवश्यकता रहेको औँल्याइएको छ । 

कर्मचारी समायोजन नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा २५ मा कुनै पनि कर्मचारीलाई पदीय जिम्मेवारी नदिई एक महिनाभन्दा बढी अवधिसम्म कार्यालयमा राख्न नहुने उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप