आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सिन्दूरले रंगियो थिमी, तस्बिरहरू हेर्नुहोस्
फोटोफिचर

सिन्दूरले रंगियो थिमी, तस्बिरहरू हेर्नुहोस्

शनिबार, ०२ वैशाख २०८०

भक्तपुर । भक्तपुरको मध्यपुरथिमिमा नयाँ वर्षको भोलिपल्ट मध्यपुर थिमीमा सिन्दूरजात्रा मनाउने गरिन्छ । चलन अनुसार मध्यपुर थिमिवासीहरूले एक आपसमा सिन्दूर छ्यापेर बाजागाजा तथा नाचगानसहित जात्रा मनाएका छन् ।

जात्रामा बालकदेखि वृद्धवृद्धासम्म सहभागी थिए । एक आपसमा छ्यापिएको सिन्दूरका कारण मध्यपुर ठिमी क्षेत्रको सडक राताम्मे भएको थियो । सिन्दूर जात्रा मध्यपुर ठिमीको सबैभन्दा ठुलो जात्रा हो । जात्रामा ठिमी क्षेत्रबाट २३ तथा नगदेश, बोडे र टिगनीबाट ९ वटा गरी ३२ वटा खटसहित नगर परिक्रमा गर्ने परम्परा रहेकामा पछिल्लो समय त्योभन्दा कम सङ्ख्यामा खटसहित जात्रा गरिएको छ । सिन्दूरै–सिन्दूरले रंगिएर मनाइने यो जात्रा मनाइरहँदा देखिएका दृश्यहरूलाई हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया