आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतमा १० हजार ७५३ सङ्क्रमित थपिए, २७ जनाको मृत्यु

शनिबार, ०२ वैशाख २०८०, १२ : १७
शनिबार, ०२ वैशाख २०८०

नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का १० हजार ७५३ नयाँ सङ्क्रमित थपिएको  केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । हालसम्म देशभर कोभिडका सक्रिय केसहरूको सङ्ख्या बढेर ५३ हजार ७२० पुगेको छ।

पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण २७ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ५ लाख ३१ हजार ९१ पुगेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी दिल्लीमा मृत्यु भएको छ । दिल्लीमा ६ जनाको मृत्यु भएको छ भने महाराष्ट्रमा ४ जनाको मृत्यु भएको छ । त्यस्तै राजस्थानमा तीन र छत्तीसगढ,

गुजरात, हरियाणा, हिमाचल प्रदेश, जम्मू कश्मीर, मध्य प्रदेश, उत्तराखण्ड र उत्तर प्रदेशमा एक–एक जनाको मृत्यु भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयको जानकारी अनुसार दैनिक सङ्क्रमण दर ६.७८ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप