आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सेयर बजार

साताको सेयर बजार : अर्थतन्त्रमा सकरात्मक सूचक देखिएपछि ६७ अंक बढ्यो

शनिबार, ०२ वैशाख २०८०, १३ : ०१
शनिबार, ०२ वैशाख २०८०

काठमाडौँ । लामो समयदेखि ओरालो गतिमा रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यो साता भने उत्साहजनक सुधार आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय अवस्थामा आर्थिक स्थिति ठिकठाक देखिएपछि सेयर बजारले लय समातेको हो । यसबाहेक, वैशाखदेखि ब्याजदर एकल अंकमा ल्याउने निर्णयले समेत सेयर बजार बढाउन मलजल गरेको छ । बैंकर्स संघको बैठकले वैशाखदेखि ब्याजदर १० प्रतिशतभन्दा तल ल्याउने निर्णय गरेको थियो । यो निर्णयपछि, एकैदिन नेप्से ९२ अंकले उकालो लागेको थियो ।

गत साताको शुक्रबार १८६७ अंकमा रहेको नेप्से सूचक ३ प्रतिशतको वृद्धिसँगै १९३४ अंकमा पुगेर रोकिएको छ । यो साता कारोबार भएको ५ मध्ये ३ दिन परिसूचक उकालो लागेको थियो । यससँगै, परिसूचक उच्च अंकले बढेर बन्द भएको हो ।

यसक्रममा कारोबार रकम पनि बढेको छ । साताभरमा करिब ६ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जबकी, गत साता ४ अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । नेप्से परिसूचक र कारोबार रकम दुवै बढेपछि नेप्सेको पूँजीकरण समेत बढेको छ । गतसाता २७ खर्ब ४ अर्बमा आइपुगेको नेप्से पूँजीकरण १ खर्ब ९ अर्ब रुपैयाँले बढेर २८ खर्ब १३ अर्ब पुगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप