बारा-२ उपनिर्वाचन
बारा २ मा उपेन्द्र यादवलाई स्वतन्त्र सांसद जयसवालको समर्थन
आइतबार, ०३ वैशाख २०८०, १० : २६
१
बारा । मधेस प्रदेशका निर्वाचित स्वतन्त्र सांसद प्रमोद जयसवालले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उपेन्द्र यादवलाई समर्थन गरेका छन् । बारा क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित सांसद जयसवालले शनिबार विज्ञप्ति जारी गरी जसपाका उम्मेदवार यादवलाई समर्थन गरेका हुन् ।
उनले उम्मेदवार यादवलाई मतदान गर्न बारा २ का जनतासँग अपिल समेत गरेका छन् । मधेस आन्दोलनको नेतृत्व गरी मधेसका सवालहरू सम्बोधन गराउन र देशमा संघीयता स्थापित गराउन अतुलनीय योगदान गरेको र नागरिकता लगायतका समस्या समाधानका लागि जसपा अध्यक्ष यादव संसदमा पुग्नुपर्ने सांसद जयसवालले उल्लेख गरेका छन् ।