आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाल्पाको जङ्गलमा एक जनाको शव फेला

आइतबार, ०३ वैशाख २०८०, ११ : ५७
आइतबार, ०३ वैशाख २०८०

पाल्पा । पाल्पाको जंगलमा एक पुरुषको शव फेला परेको छ । रम्भा गाउँपालिका वडा नं. ४ का  ६३ वर्षीय यमबहादुर सूर्यवंशी मृत अवस्थामा फेला परेका हुन् । 

गत चैत २८ गते घाँस काट्न जङ्गल गएका सूर्यवंशी मृत अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले हराइरहेका सूर्यवंशी शनिवार जङ्गलमा मृत अवस्थामा फेला परेको जानकारी दिए । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप