आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘जारी’ पाइरेसी,  निर्माताले दिए प्रहरीमा उजुरी

आइतबार, ०३ वैशाख २०८०, १३ : ४४
आइतबार, ०३ वैशाख २०८०

काठमाडौँ । पछिल्लो समय प्रदर्शनको समय सामाजिक संजालबाट फिल्म पाइरेसीकाका थुप्रै घटना बाहिर आएका छन् । यस्तैमा प्रदर्शनरत फिल्म ‘जारी’ पनि पाइरेसी भएको भन्दै यसका निर्माता मणिराम पोखरेलले प्रहरीमा उजुरी दिएका छन् । 
उनले आइतबार प्रहरीको साइबर ब्युरोमा पाइरेसीमा संलग्न फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्रामका ३२ वटा एकाउन्टविरुद्ध उजुरी दिएका हुन् ।

हलमा फिल्म प्रदर्शन भएको समय खिचेर ती एकाउन्टबाट फिल्मका दृश्य हाल्दा निर्मातालाई आर्थिक नोक्सान भएकाले उजुरीमा उल्लेख छ । उजुरीमा उक्त पाइरेसी बिरुद्ध अनुसन्धान गरी क्षतिपूर्ति दिलाइदिन समेत माग गरिएको छ । 
फिल्म ‘जारी’का दृश्य अहिले सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती देख्न सकिन्छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्ममा दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप