आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आठौँ पटक मन्त्रिपरिषद् विस्तार, साउद बने परराष्ट्रमन्त्री

आइतबार, ०३ वैशाख २०८०, १६ : १२
आइतबार, ०३ वैशाख २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रचण्डले  आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्दा परराष्ट्रमन्त्रीमा एनपी साउद चयन भएका छन् । साउदले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

 कञ्चनपुर - २ बाट निर्वाचित साउद पार्टीभित्र सभापति शेरबहादुर देउवा निकट नेताको रुपमा चिनिन्छन् । साउद यसअघि सिँचाइमन्त्रीसमेत बनेका थिए । कांग्रेस केन्द्रीय सदस्य रहेका साउदलाई सभापति देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्को मन्त्रिपरिषद्‍मा कांग्रेसको तर्फबाट पाँचौं मन्त्रीको रुपमा पठाएका हुन् ।

वर्तमान सरकारमा साउदसहित कांग्रेसबाट पाँच जना मन्त्री बनिसकेका छन् । चैत १७ मा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री, प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री, नेताहरू रमेश रिजाल उद्योगमन्त्री र सीता गुरूङ सहरी विकास मन्त्री बनेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप