आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पदभार ग्रहण गर्दै परराष्ट्रमन्त्रीले भने–प्रमको भारत भ्रमणको तयारी सुरु भइहाल्छ

आइतबार, ०३ वैशाख २०८०, १६ : १९
आइतबार, ०३ वैशाख २०८०

काठमाडौँ । आजै परराष्ट्रमन्त्रीको शपथ लिएका एनपी साउदले सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका छन् । 

सो क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गरिहाल्ने प्रतिक्रिया दिए । 

‘भर्खरै म कार्यालय आएको छु, कर्मचारीसँग ब्रिफिङ लिएर भ्रमणको तयारी अगाडि बढाउँछु,’ उनले भने ।

सत्ता गठबन्धनमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणकै तयारीका लागि परराष्ट्रमन्त्री नियुक्त गरिहाल्ने सहमति भएअनुसार साउदले आज शपथ लिएका थिए । 

प्रधानमन्त्रीले वैशाख दोस्रो सातासम्ममा भारत भ्रमण गर्ने तयारी भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप