आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा जेठमा

सोमबार, ०४ वैशाख २०८०, १३ : २१
सोमबार, ०४ वैशाख २०८०

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले ६५ औं लाइसेन्स परीक्षा आगामी जेठ महिनामा सञ्चालन गर्ने भएको छ । मेडिकल काउन्सिलले सोमवार सूचना जारी गरी जेठ १७, १८ र १९ गते परीक्षा सञ्चालन गर्ने जानकारी दिएको हो । काउन्सिलले आजदेखि जेठ २ गतेसम्म नियमति र जेठ ३ र ४ गते शुल्क सहित अनलाईनमार्फत आवेदन भर्न आग्रह गरेको छ । काउन्सिलको  www.exam.nmc.org.np साइटमा आवेदन दिन पनि सबैलाई आग्रह गरेको छ । 

यस्तै, विदेशी कजेजमा भर्ना भै कोभिडका कारण नेपालमा इन्टर्नसिप गरिरहेका विद्यार्थीले परीक्षामा सामेल हुनका लागि इन्टनसिप पुरा गरेका र आफु भर्ना भएका विश्वविद्यालयबाट इन्टर्नसीपसहित अन्तिम प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

यस्तो छ वार्षिक परीक्षा तालिका-

स्नातक तहको लाइलेन्स परीक्षा

–२०८० साल साउन ११ र १२ गते

–२०८०साल असोज १०,११ र १२ गते

–२०८०साल माघ १७, १८ र १९ गते

स्नातकोत्तर तहको विशेष परीक्षा (स्पेशल परीक्षा)
–२०८० साल साउन ११ र १२ गते

–२०८० साल मंसिर १४ र १२ गते

–२०८० साल चैत्र २२ र ३३ गते

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप