आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

देउवा र नेपालसँग भाजपा विदेश विभाग प्रमुख चौथाईवालेले गरे भेट

मङ्गलबार, ०५ वैशाख २०८०, १८ : ०५
मङ्गलबार, ०५ वैशाख २०८०

काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा.विजय चौथाईवालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

प्रमुख चौथाइवालेले मंगलबार उनीहरुलाई छुट्टा छुट्टै भटेका हुन् । 

भेटमा दुई देशबीच सामाजिक, आर्थिक, सांस्कृतिक राजनीतिक, कूटनीतिक सम्बन्धलाई अझ बलियो बनाउने विषयमा छलफल भएको बताइएको छ । पार्टी पार्टीबीचको सम्बन्धका  बारेमा पनि छलफल भएको बताइएको छ ।

सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित मानसखण्ड अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन भारतबाट सडकमार्ग हुँदै नेपाल आएका प्रमुख चौथाईवाले सो सम्मेलन सम्पन्न गरेर सोमबार काठमाडौँ आइपुगेका थिए । उनी काठमाडौँमा विभिन्न दलका शीर्ष नेताहरुसँग भेटघाटमा व्यस्त छन् । 

मंगलबार नै उनले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटेका छन् । उनले   साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।  

वैशाखको अन्तिम हप्ता हुन गइरहेको प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका विषयमा पनि प्रमुख चौथाईवालेले छलफल गरिरहेको बुझिएको छ । उनी वैशाख ७ गते भारत फर्किने बताइएको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप