आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चीनले तीव्र रूपमा बढाइरहेको छ आफ्नो परमाणु हतियार : नेटो

बुधबार, ०६ वैशाख २०८०, ११ : ०६
बुधबार, ०६ वैशाख २०८०

चीनले आफ्नो परमाणु हतियार तीव्र रूपमा बढाइरहेको नेटोले बताएको छ । सन् २०३५ सम्म चीनसँग करिब १५ सय परमाणु हतियार हुनसक्ने नेटोले सम्भावना व्यक्त गरेको छ ।

नेटोका सेक्रेटरी जेन्स स्टोल्टनबर्गले मङ्गलवार भने, ‘लामो अवधिका लागि हामीले थप खतरनाक र प्रतिस्पर्धी दुनियाँका लागि आफ्नो दृष्टिकोणमाथि पुनर्विचार गर्न आवश्यक छ । यसको अर्थ यो हो कि चीनसँग छलफल गर्न आवश्यक छ । यो देशसँग सन् २०३५ सम्म १५ सय परमाणु हतियार हुनसक्ने अनुमान छ ।’

‘विश्वव्यापी शक्तिको रूपमा चीनका थुप्रै जिम्मेवारी छन् र चीनलाई पनि हतियार नियन्त्रण सम्झौताको पारदर्शिताबाट फाइदा हुनेछ ।’

स्टोल्टनबर्गले थपे, ‘हामी चीनलाई विरोधी मान्दैनौँ तर चीन हाम्रो हित, नेटोको मूल्य र हाम्रो सुरक्षाका लागि केही चुनौती पेस गर्छ । त्यसैले चीनसँगको छलफल गर्न थप आवश्यकता छ ।’

नेटोले आफ्नो बयानमा भनेको छ – चीनले हतियारको विषयमा पारदर्शिता देखाइरहेको छैन र लगातार आफ्नो परमाणु हतियारको भण्डारमा वृद्धि गरिरहेको छ ।

यस्तै, अमेरिकाकी उप–विदेश मन्त्री वेन्डी शेरम्यानले अमेरिका चीनसँग कुनै विवाद नचाहने स्पष्ट पारेकी छिन् । उनले भनेकी छिन्, ‘अमेरिका चीनसँग कुनै विवाद नचाहेर राम्रो प्रतिद्वन्द्वी बन्न चाहन्छ र हामी चीनसँगको प्रतिस्पर्धालाई अगाडि बढाउन चाहन्छौँ भन्ने प्रस्ट पार्न चाहन्छौँ ।’ 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप