सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
मार्च पासमा प्लेकार्ड : ‘नारायण हरिहरि, काजीको रूप थरीथरी !’ (तस्बिरहरू)
फोटोफिचर

मार्च पासमा प्लेकार्ड : ‘नारायण हरिहरि, काजीको रूप थरीथरी !’ (तस्बिरहरू)

बुधबार, ०६ वैशाख २०८०

काठमाडौँ । नागरिक अगुवाहरूले मिटरब्याजी पीडितमाथि प्रहरीले गरेको दमनप्रति खबरदारी गरेका छन् । बृहत् नागरिक आन्दोलनको ब्यानरसहित प्रदर्शनमा उत्रेका उनीहरुले पीडितको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै मार्च पास गर्दै सरकारलाई खबरदारी गरेका हुन् । बुधवार पीडितसहित अगुवाहरूले रत्नपार्कस्थित शान्ति बाटिकाबाट बानेश्वरसम्म मार्च पास गरेका हुन् । 

मार्च पासमा सहभागीहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई व्यङ्ग्य गर्दै ‘नारायण हरी हरी, काजीको रूप थर थरी, जनवादी गृहमन्त्री कहाँ गए, साहुको धोतीमुनि हराए, सामाजिक न्यायको प्रत्याभूति गर’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।  कार्यक्रममा नागरिक अगुवाहरू खगेन्द्र सङ्ग्रौला, श्याम श्रेष्ठलगायत सहभागी थिए ।आन्दोलनरत पीडितले सोमबार गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा दुवैतर्फ घाइते भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया