आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आईपीएल क्रिकेट : राजस्थानविरुद्ध लखनउको जित

बिहीबार, ०७ वैशाख २०८०, ०८ : ०८
बिहीबार, ०७ वैशाख २०८०

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सले शीर्ष स्थानको राजस्थान रोयल्सविरुद्ध १० रनको जित निकालेको छ । लिगमा लखनउको यो चौथो जित हो ।

बुधबार सवाइ मनसिंह रङ्गशालामा सम्पन्न खेलमा लखनउले प्रस्तुत गरेको १५५ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४४ रन मात्र बनायो ।

त्यसअघि, टस हारेर ब्याटिङमा आएको लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५४ रनको योगफल खडा गरेको थियो ।

जितसँगै ६ खेलबाट आठ अङ्क जोडेको लखनउ तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट आठ अङ्क नै जोडेको राजस्थान शीर्ष स्थानमा यथावत् छ ।

प्रतियोगितामा आज रोयल च्यालेन्जर्स् बेङ्लोर र पन्जाब किङ्सबीच  प्रतिस्पर्धा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप