आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रद्द भएको विज्ञापन बापतको दस्तुर फिर्ता गर्दै नेपाल रेल्वे

बिहीबार, ०७ वैशाख २०८०, १० : ०६
बिहीबार, ०७ वैशाख २०८०

जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडले रद्द भएको विज्ञापन दस्तुर फिर्ता गर्ने भएको छ ।

कम्पनीको केन्द्रीय कार्यालय जनकपुरधामले बुधबार एक सूचना जारी गर्दै उक्त दस्तुर फिर्ता गर्ने भएका छन् । रेल्वेले मिति २९ भदौ २०७७ मा विभिन्न पदका लागि करारमा कर्मचारी भर्ना गर्न विज्ञापन आव्हान गरेको थियो । तर कम्पनीले कर्मचारी भर्ना नगरी विज्ञापन रद्द गरेको थियो ।

विज्ञापन रद्द भएको करिब अढाई वर्षपछि कम्पनीले आवेदकहरूको दस्तुर फिर्ता गर्न लागेको हो । कम्पनीले आवेदकहरूलाई आवेदन दस्तुर फिर्ताको लागि ३५ दिने समय दिएको छ ।

आवेदकहरूलाई दस्तुर फिर्ता लिन बैंकको सक्कल भौचर र नागरिकताको प्रमाणपत्रको प्रतिलिपिसहित रेल्वेको जनकपुरधामस्थित केन्द्रीय कार्यालयमा सम्पर्क गर्न नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाद्वारा जारी सूचनामा उल्लेख छ ।

रेल्वे कम्पनीले एक सय २९ करार कर्मचारी भर्नाका लागि विज्ञापन गरेकोमा ३२ हजार ६ सय ८६ जनाले आवेदन दिएका थिए । तर, लोकसेवा आयोजकले २० असोज २०७७ मा प्रक्रिया स्थगित गर्न सिफारिस गरेपछि विज्ञापन रद्द गरिएको थियो ।

उक्त विज्ञापन २७ असोज २०७७ मा मन्त्रिपरिषद्ले प्रक्रिया पूरा गरी विज्ञापन रद्द गर्ने निर्णय गरेको थियो ।

कम्पनीले अधिकृतस्तर पदका लागि एक हजार, सुब्बा स्तरको चार सय र श्रेणीविहीन स्तरको विज्ञापनका लागि तीन सय आवेदन दस्तुर तोकेको थियो।

यसरी आवेदकहरूबाट दस्तुरबापत करिब एक करोड ३६ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको थियो । 

Nepal railway

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप