आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘आमा’ तिमीलाई कुन शब्दले बयान गरुँ ?

बिहीबार, ०७ वैशाख २०८०, १२ : ००
बिहीबार, ०७ वैशाख २०८०

‘आमा’ शब्द नै सुुन्दा लाग्छ कति प्यारो 
आमाको माया गर्ने रुपै राम्रो 
आमाको माया र स्नेह कति कञ्चन र सफा 
आमाको मायाको,
न कुनै रंग छ, न कुनै रुप  
न कुनै शब्द छ, 
आमाको वर्णन गर्ने सक्ने शब्दकोशमा ।
नौ महिना पेटमा ऐया नभनी 
खुशी खुशी राख्छिन्् 
गर्भमा छँदा पेटमा लात्तीले हान्दा पनि 
मुस्कराउँदै स्पर्श गर्छिन् स्नेहले । 

सन्तान जन्मिदा प्रसवमा 
कति पीडा सहनु पर्यो होला ?
तै पनि सन्तानलार्ई देख्ने वित्तिकै 
सबै पीडा आमाले विर्सिन् 
खुशीको आँसु झारिन् 
पानी पर्दा आफू भिजेर 
सन्तानलाई छाता ओढाइन्
जाडोमा आफ्नो आँचलमा 
लुटुपुटु गरी छातीमा सुताइन्
विरामी पर्दा काखमा राखेर 
आमाले रात बिताइन् ।

आमा तिम्रो माया, 
सागरको गहराई भन्दा नि गहिरो 
आकाशको उचाई भन्दा पनि माथि छ 
जसको न कुनै नाप छ, न कुनै अन्त्य छ 
मात्र माया नै माया छल्किन्छ 
हजुरको आँचलमा आमा ।
दुःखमा पनि मीठो मुस्कान देखिन्छ 
तिम्रो अनुहारमा 
ए मेरी प्यारी आमा 
लडेर उठ्न सिकायो 
उठेर हिँड्न सिकायो
जीवनको गोरेटोमा अगाडि बढ्न 
हिम्मत दियो तिमीले 
दुःखमा नै आमा नै चाहिन्छ, सुखमा पनि 
कतैबाट आउँदा आँखाले 
आमा नै खोज्छ चारैतिर ।
असल मान्छे बन्नुपर्छ,
सबैले भन्ने गर्छन्
तर सही, गलत छुट्याउन 
आमाले मात्र सिकाउँछिन् ।
कहिले गाली गरी 
त कहिले माया गरी 
हुर्कायो बढायो 
तिमीले आमा मलाई

सबैसँग माया बाँड्न 
सिकायो तिमीले ।
खै के जादु छ आमा तिमीमा 
हारेर पनि आमा 
सन्तानलाई जिताउँछौं 
न कुनै प्रलोभन 
न कुनै हिसाब किताब गरी 
यति धेरै माया गर्छौ आमा 
सबै सन्तानलाई बरावरी
खोई किन केही आश नगरी 
आमा यति धेरै गुणको 
म कसरी ऋण तिरुँ ?  
आमा तिमीलाई 
कुन शब्दले बयान गरुँ ?         
                                                      
इनरुवा नगरपालिका–२, सुनसरी
हालः राष्ट्रिय मानव अधिकार आयोग, ललितपुर

                                                 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुमारी शरणा उराँव
कुमारी शरणा उराँव
लेखकबाट थप