आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

परराष्ट्रमन्त्री साउदसँग बेलायती राजदूतको भेटवार्ता

बिहीबार, ०७ वैशाख २०८०, १४ : ४४
बिहीबार, ०७ वैशाख २०८०

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । बिहीबार परराष्ट्र मन्त्रालयमा राजदूत पोलिटले मन्त्री साउदसँग भेटवार्ता गरेकी हुन् ।

उनीहरुबीच आपसी विकास सहयोग, नेपाल र बेलायतबीच १०० वर्ष लामो सम्बन्ध एवम् जलवायु परिवर्तन तथा आपसी हितका अन्य क्षेत्रका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नव नियुक्त परराष्ट्रमन्त्री साउदसँग यसअघि भारत, अमेरिकालगायत देशका राजदूतले भेटेरै बधाई दिइसकेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप