आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

निजगढ विमानस्थल सञ्चालनमा आउँछ : अध्यक्ष नेपाल

बिहीबार, ०७ वैशाख २०८०, १५ : ३०
बिहीबार, ०७ वैशाख २०८०

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल चाँडै सञ्चालनमा आउने विश्वास व्यक्त गरेका छन् ।

बिहीबार बारामा चुनावी सभालाई सम्बोधन गर्दै उनले गढीमाई मन्दिरलाई अन्तर्राष्ट्रिय रूपमा कसरी पर्यटकीय स्थलको रूपमा विकास गर्ने त्यसका लागि पनि सरकारले काम गर्ने प्रतिबद्धता जनाए । 

गठबन्धनका साझा उम्मेदवार जसपाका अध्यक्ष उपेन्द्र यादवलाई जिताएपछि बारामा देखिएको समस्याहरू समाधान हुने उनले दाबी गरे ।

नेपालीहरू एक हौं, बारावासी एक हौं भन्ने सन्देश दिनका लागि पनि योग्य व्यक्तिलाई मतदान गर्न उनले आह्वान गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप