सरकारले वैशाखभरि खोप अभियान चलाउने, नियमित खोप लगाउन छुटेकालाई १५ र ३१ गते दिने
काठमाडौँ । सरकारले वैशाखलाई खोप महिनाको रूपमा मनाउने भएको छ । सरकारले ११ देखि १७ गतेसम्म विश्व खोप सप्ताहको अवसरमा महिनाभरि खोप अभियान चलाउने भएको हो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अभियान अन्तर्गत वैशाख १५ र ३१ गते दुई दिन देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट बालबालिकालाई नियमित खोप दिइने भएको छ ।
सरकारले दिने खोप
–जन्मिने बित्तिकै वि.सि.जि
–६ हप्ता रोटा पोलियो, पि,सि.भी, डि.पि.टी,हेप बी हीब
–१० हप्तामा रोटा पोलियो,पि.सि.भी.,,डि.पि.टी, डि.पि.टी हिव,
–१४ हप्तामा पोलियो एफ.आई.पि.भी,डि.पि.टी, हेप.बी.हिप
–५ महिनामा एफ.आई.पि.भी, पि.सि.भी, दादुरा र रुबेला,
१२ महिनामा जापानिज इन्सेफाइटिस
–१५ महिना दादुरा बेला टाइफाइड
खोप लगाउन छुटेकाहरूले नजिकैको स्वास्थ्य संस्थामा गएर आफ्ना बालबालिकालाई नियमित खोप लगाउन महाशाखाले आग्रह गरेको छ ।
साथै छर छिमेकमा खोप लगाउन छुटेकालाई पनि समन्वय गरी लगाउन आग्रह गरिएको छ ।