आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेसकै नेताले कांग्रेस खाइसके : केपी ओली

बिहीबार, ०७ वैशाख २०८०, १६ : ५०
बिहीबार, ०७ वैशाख २०८०

बारा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसकै नेताले कांग्रेस पार्टी खाइसकेको दावी गरेका छन् ।  बिहीबार बाराकाे पचराैतामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेस आफ्नो उम्मेदवार समेत उठाउन नसक्ने अवस्थामा पुगेको र कांग्रेसकै नेताले कांग्रेस पार्टी खाइसकेको बताएका हुन् । 

‘कांग्रेसका बारेमा म केही भन्दिनँ, बिचरा उम्मेदवार उठाउन सक्ने अवस्था छैन । कांग्रेसका नेताले कांग्रेस खाइसके । शेरबहादुरजी गठबन्धनलाई भोट माग्न आउनुभयो रे , आफैं सकिसक्यो’, ओलीको भनाइ छ । ओलीले माधव नेपालको पार्टी र जसपाप्रति संकेत गर्दै भने, ‘विना ढेउवाको गढीमाइमा आएछन्, कति चल्छ ? कोही छाता ओढेर आउँछन् छाता नै ओढेर जान्छन्’ उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति पनि कटाक्ष गरे ।

उनले प्रचण्डले सहिद बढाउनेबाहेक केही काम नगरेको पनि बताए । सन्ठी जोडेर बनेको म्यादी सरकार आफैं ढल्ने भन्दै उनले यो सरकारलाई एमालेले हात नलाउने बताए । उनले सरकारलाई केही दिनको मेहमान मात्र भएको पनि बताए । ‘खन्चुवा मेहमान, यसलाई पाल्न सकिँदैन । १० गतेबाट बिदा गरौं’, ओलीले मतदातालाई आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप