आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सहकारी बैंकले एक वर्षपछि ब्याजदर घटायो

शुक्रबार, ०८ वैशाख २०८०, १० : ५९
शुक्रबार, ०८ वैशाख २०८०

काठमाडौँ । राष्ट्रिय सहकारी बैंक (एनसीबीए) ले ब्याजदर घटाएको छ । शुक्रबारदेखि लागू हुनेगरी बैंकले बचत र कर्जा दुबैको ब्याजदर घटाएको हो ।  परिवर्तित ब्याजदर अनुसार बैशाख ८ गते शुक्रबारदेखि साधारण बचत, सुपर बचत, एनसीबीएल बचत खाता, एनसीबीएल प्रिमियम बचत खाता, अनिवार्य नियमित बचत, क्रमिक बचत र मुद्दती निक्षेपमा ४.२५ प्रतिशतदेखि ११.७५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने जनाएको छ । 

यस्तैगरी कर्जातर्फ पनि ब्याजदर घटाएको बैंकले कृषि तथा परियोजना कर्जा, मौसमी कर्जा, पर्यटन, घर घडेरी खरिद तथा भवन निर्माण कर्जा र उत्पादन प्रशोधन लगायतको शीर्षकमा १०.५० प्रतिशतदेखि १३.२५ प्रतिशतसम्म ब्याजदर लिने जनाएको छ ।  यसअघि सहकारी बैंकले मुद्दती निक्षेपमा अधिकतम १३.५० प्रतिशत ब्याजदर प्रदान गरेको बैंकले कर्जामा १४ प्रतिशतसम्म ब्याजदर कायम गरेको थियो । २०७९ बैंशाख १५ गतेदेखि एउटै ब्याजदर कायम गर्दै आएको राष्ट्रिय सहकारी बैंकले झण्डै एक वर्षपछि नयाँ ब्याजदर कायम गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप