आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

एसीसी प्रिमियर कप :  नेपालले ओमानलाई दियो ३११ रनको लक्ष्य

शुक्रबार, ०८ वैशाख २०८०, १२ : ५०
शुक्रबार, ०८ वैशाख २०८०

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा घरेलु टिम नेपालले ओमानलाई जितको लागि ३११ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर ३१० रन बनायो ।

नेपालका लागि कुशल मल्लले शतक पूरा गरे । उनले ५९ बलमा ९ चौका र ९ छक्काको सहयोगमा शतक प्रहार गरेका हुन् । 

सोमपाल कामीले ४८ बलमा ६३ रनको अविजित अर्धशतकीय ईनिङ खेले । सोमपाल कामीले ४९ बलमा ७ चौकाको सहयोगमा अर्धशतक बनाएका थिए ।

१० टिम रहेको एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप