आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राशिद खानको कीर्तिमान तोड्दै सन्दीपले 'ओडिआई'मा बनाए नयाँ इतिहास

शुक्रबार, ०८ वैशाख २०८०, १४ : १७
शुक्रबार, ०८ वैशाख २०८०

काठमाडौँ । नेपाल क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले ४२ औं एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १०० विकेट पूरा गरेका छन् । 

एसीसी प्रिमियर कपमा ओमानविरुद्ध अदिल शफिकलाई आउट गर्दै सन्दीपले ओडिआई इतिहासकै दुर्लभ कीर्तिमान बनाएका हुन् । सन्दीपले १३ औं ओभरको तेस्रो बलमा शफिकलाई १३ रनमा एलबीडब्लू आउट गरेरका थिए । 

sandeep-lamichhane

यसअघि यो कीर्तिमान अफगानिस्तानका रशिद खानको नाममा थियो । रशिदले ४४ इनिङ्समा यो सफलता पाएका थिए । उक्त कीर्तिमान तोड्दै सन्दीप अव ओडिआईमा सर्वाधिक छिटो ४२ खेलमा एक सय विकेट लिने पहिलो खेलाडी बनेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप