ग्यास लिक हुँदा मासु पसलमा आगलागी
शुक्रबार, ०८ वैशाख २०८०, १९ : ५४
काठमाडौँ । काठमाडौँको टोखामा ग्यास लिक हुँदा मासु पसलमा आगलागी भएको छ ।
शुक्रबार टोखा नगरपालिकाको मिलनटोलमा ग्यास लिक हुँदा आगलागी भएको हो ।
आगलागी नियन्त्रण गर्न नगरपालिकाको दमकल गएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार ठूलो आगलागी भएको छ । आगलागी नजिकको पसमा पनि फैलिएको प्रहरीले जनाएको छ ।