आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको औषधि मिफेप्रिस्टोनमाथिको प्रतिबन्ध हटायो

शनिबार, ०९ वैशाख २०८०, १३ : ४३
शनिबार, ०९ वैशाख २०८०

अमेरिकाको सर्वोच्च अदालतले आफ्नो एउटा महत्त्वपूर्ण निर्णयमा गर्भपतन गर्ने लोकप्रिय औषधि मिफेप्रिस्टोनलाई फेरि बेच्न अनुमति दिएको छ। साथै यस सम्बन्धमा चलिरहेको मुद्दालाई निरन्तरता दिने बताएको छ ।

यस  निर्णयमा, अदालतले यथास्थिति पुनर्स्थापित गर्दै गर्भपतन अधिकार समर्थकहरूलाई तत्काल राहत दिएको छ।

सर्वोच्च अदालतको पछिल्लो फैसलापछि अब मिफेप्रिस्टोनको स्वीकृतिमा रोक लगाउने विषय अदालतमा अगाडि बढ्न सक्नेछ । जसका कारण फेरि सर्वोच्च अदालत जाने सम्भावना छ ।

केही हप्ता अघि, टेक्ससको एक स्थानीय अदालतले वर्षौँ अघि लोकप्रिय गर्भपतन औषधि मिफेप्रिस्टोनको एफडीएको स्वीकृतिलाई रोकेको थियो ।

विज्ञहरूका अनुसार यस विषयमा अदालतको निर्णय जेसुकै आए पनि त्यसको दूरगामी प्रभाव पर्ने देखिन्छ ।

गत वर्ष जुनमा, सर्वोच्च अदालतले ६–३ को ऐतिहासिक निर्णयमा गर्भपतनलाई कानुनी रूपमा मन्जुरी दिने सन् १९७३ रो भर्सेज वेड निर्णयलाई उल्ट्याएको थियो ।

त्यसपछि अमेरिकामा भीषण प्रदर्शन भएको थियो । 

रो भर्सेज वेड मामिलामा सर्वोच्च अदालतले गर्भपतनलाई वैधानिकता दिएको थियो र संविधानले गर्भवती महिलालाई गर्भपतनसम्बन्धी निर्णय गर्ने अधिकार दिएको बताएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप