आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बाँकेमा कोभिडका कारण १ जनाको मृत्यु

शनिबार, ०९ वैशाख २०८०, १७ : २७
शनिबार, ०९ वैशाख २०८०

बाँके । बाँकको भेरी अस्पताल नेपालगञ्जमा कोभिड भाइरस सङ्क्रमणबाटमा एकजनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको भेरी अस्पतालका प्रमुख डा.प्रकाश थापाले जाानकारी दिए ।

स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई भेरी अस्पताल लगिएको  थियो । उनलाई यही वैशाख १ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो । बिरामीलाई गत एक हप्तादेखि उपचारमा राखिएको र उनलाई दमको पनि समस्या रहेको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप