सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

उमेशको ‘यात्रा’ सार्वजनिक

आइतबार, १० वैशाख २०८०

काठमाडौँ । गायक उमेश राउतको गीत ‘यात्रा’ सार्वजनिक भएको छ । लक्ष्मी थापाको शब्द र लाबोनी प्रमोदको संगीत रहेको गीतले प्रेमपिडा बोल्छ । 

गीतको संगीति संयोजन सचिन सिंहले गरेका हुन् । गीतको भिडियो पनि बनेको छ । जसमा प्रेमिकासँगको बिछोडपछि जिन्दगीका अनेकौँ सपना र यात्रा मोडिएको देखाइएको छ ।

भिडियोमा गायक राउत र गीतकार लक्ष्मीको अभिनय छ । भिडियोको छायांकन, सम्पादन र निर्देशन दिपेश गिरीले गरेका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया