आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चीनकी यौनकर्मी बनिन् समुद्री डाँकु : धर्मपुत्रसँग बिहे गरिन्, ७० हजार लुटेरा गिरोहमा थिए

आइतबार, १० वैशाख २०८०, १५ : २६
आइतबार, १० वैशाख २०८०

तपाईंले डरलाग्दो समुद्री डाँकुको बारे कतै पढ्नुभएको हुनुपर्छ वा सायद त्यसमा आधारित फिल्म पनि हेर्नुभएको छ । यी चलचित्रहरूमा अधिकांश समुद्री डाँकुहरू पुरुष हुन्छन् । तर समुद्री डाकूहरू अर्थात् पाइरेट्सको इतिहासमा जो सबैभन्दा खतरनाक डाकूँ थिइन् ती एक महिला थिइन् । चिङ सी नामकी ती चिनियाँ महिला लुटेरालाई अझै पनि ‘समुद्रकी मल्लिका’ भनिन्छ । पोर्चुगलदेखि बेलायतसम्मका व्यापारी उनीसँग थर्थर काँप्थे । उनी यति शक्तिशाली थिइन् कि उनको गिरोहमा १२ सयभन्दा बढी जहाज र ७२ हजारभन्दा बढी लुटेर थिए । उनी यति शक्तिशाली थिइन् कि उनी सरकारले झैँ समुद्री व्यापारीबाट कर असुल्ने गर्थिन् र उनको एक स्थानबाट अर्को स्थान जानका लागि ‘पासपोर्ट’ दिने गर्थिन् ।

विशेष कुरा के हो भने ती महिला कुनै प्रभावशाली घरानाबाट थिइनन् । उनले यौनकर्मीको रूपमा आफ्नो करियरको सुरुवात गरेकी थिइन् । चिनियाँ इतिहासकारका अनुसार उनले ६ वर्षको उमेरदेखि देह व्यापारको काम सुरु गरेकी थिइन् । 

परिवारबारे जानकारी थिएन, उनी अनाथ थिइन् भन्ने गरिन्छ

चिङ सीको परिवारबारे धेरै जानकारी उपलब्ध छैन । तर इतिहासकारको अनुमान अनुसार उनको जन्म सन् १७७५ को आसपासमा कुनै समुद्री जहाजमा भएको थियो । १७औँ – १८औँ शताब्दीमा, समुन्द्री जहाज र लंगरमा वेश्यावृत्ति सामान्य थियो। इतिहासकारहरू विश्वास गर्छन् कि चिङ सी त्यस्तै महिलाबाट जन्मेको हुनुपर्छ । यसै कारण पनि उनको परिवारबारे खासै जानकारी पाइँदैन । चिङ सीले पनि ६ वर्षको उमेरदेखि नै यो पेसा अपनाएकी थिइन् ।

धनी व्यापारीबाट गोप्य कुरा बाहिर निकाल्न प्रयोग गरियो

जब चिङ सी अलि हुर्किइन् र समझदार भइन्, उनले वेश्यावृत्तिसँगै जासुसी गर्न थालिन् । उनी आफ्ना धनी ग्राहकहरूबाट आवश्यक जानकारी लिएर अरूलाई दिने गर्थिन् । जसको बदलामा उनले धेरै पैसा पाउन थालिन् । बिस्तारै समुद्री डाँकुहरूमा चिङ सीको प्रभाव बढ्न थाल्यो ।

ching si2२६ वर्षको उमेरमा समुद्री डाँकुसँग विवाह, आधा सम्पत्तिकी मालिक बनिन्

चिङ सीले २६ वर्षको उमेरमा तत्कालीन युगका चर्चित समुद्री डाँकु झेङ यीसँग विवाह गरिन् । विवाहको बदलामा चिङ सीले आफ्नो श्रीमानले समुद्रबाट लुटेका सामानको आधा हिस्सा आफूले पाउने सर्त राखेकी थिइन् । झेङ यीले यो सर्त स्वीकार गरे ।

विवाहपछि चिङ सीले समुद्री लुट (पाइरेसी) मा आफ्नो पतिलाई सहयोग गर्न थालिन् । उनका श्रीमानले पनि सबै महत्त्वपूर्ण निर्णय उनीसँग सल्लाह गरेर लिने गर्दथे । साथै, लुटिएको सम्पत्तिको आधा चिङ सीले पाउँथिन् ।

चिङ सी र उनका श्रीमानको कुनै सन्तान नभएपछि उनीहरूले एउटा छोरो धर्मपुत्र लिएका थिए । त्यति बेला ती केटाको उमेर १५ वर्ष थियो । झाङ बो नाम गरेका ती केटोलाई एक तटीय गाउँबाट श्रीमान्–श्रीमती मिलेर लुटेका थिए । झाङ बोलाई आफ्नो नयाँ परिवारमा समायोजन हुन धेरै समय लागेन । उनले समुद्री लुटमा आफ्ना आमाबाबुलाई सहयोग गर्न थाले ।

त्यति बेलासम्म चिङ सी परिवारको शक्ति निकै बढेको थियो । ती तीनै जनाको समुद्री डाँकुहरूमा ठुलो प्रभाव थियो । झेङ यी दक्षिण चीन सागरमा कार्यरत सबै समुद्री डाकूँ गिरोहहरूलाई एकताबद्ध गर्न चाहन्थे । तर उनको सपना पूरा हुन सकेन । सन् १८०७ मा झेङ यीको मृत्यु भयो । त्यसपछि आफ्नो छोराको मद्दतले चिङ सीले श्रीमानको विरासत सम्हालिन् । 

जसलाई धर्मपुत्र बनाइन्, उनैसँग गरिन् विवाह

समुद्री डाँकुले कुनै पनि महिलालाई आफ्नो नेता मान्दैनथे । यस्तोमा गिरोहमाथि नियन्त्रण पाउनका लागि चिङ सीले आफ्नो धर्मपुत्र झाङ बोलाई अघि सारिन् । झाङ बो नाम मात्रका सरदार बने जबकि वास्तविक शक्ति चिङ सीसँगै रह्यो ।

चिङ सीलाई आफ्नो धर्मपुत्रमाथि खासै विश्वास थिएन । आफूबाट शक्ति खोसिने हो कि भन्ने डर थियो । यस्तोमा उनले आफ्नै धर्मपुत्रसँग विवाह गर्ने निर्णय गरिन् । त्यसपछि उनी पूर्ण रूपमा शक्तिशाली भइन् ।

श्रीमानको सपना पूरा गरिन्, ७२ हजार डाँकुलाई एकजुट गरिन्

चिङ सीका पतिले दक्षिण चीन सागरका सबै डाँकुहरूलाई एकजुट गर्ने र चिनियाँ सरकार र युरोपेली कम्पनीहरूबाट फलाम लिने सपना देखेका थिए । उनको मृत्युपछि चिङ सीले यो सपना पनि पूरा गरिन् । देह व्यापार र समुद्री लुटका बेला बनेको आफ्नो सम्पर्कको दममा चिङ सीले ७२ हजार समुद्री लुटेरा र १२०० जहाजको सरदार बनिन् ।

ching si3बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिन्थिन्

चिङ सीले समुद्री लुटेराका लागि निकै कडा नियम बनाइन् । लुटका बेला कुनै पनि महिलालाई तनाव दिने वा बलात्कार गर्ने अनुमति थिएन । यस्तोे गर्नेलाई मृत्युदण्डको सजाय दिइन्थ्यो । साथै लुटेको सामान लुकाउनेहरूलाई पनि कडा सजायको प्रावधान थियो । यस्तो गर्नेहरूको कान काटिन्थ्यो ।

थोरै समयमा नै चिङ सीले लुटेराको गिरोहलाई एक अनुशासित सेनामा परिवर्तन गरिन् जसको शक्ति अगाडि चीनको सरकार र युरोपेली कम्पनी टिक्न सकेन । चीन र आसपासको समुद्रमा चिङ सीको एकछत्र राज भयो ।

चिनियाँ सरकारले गर्‍यो सम्झौता, जीवनभरि पाइन् भत्ता

चिङ सीको शक्तिका कारण चीनको सरकारले उनीसँग सम्झौता गर्ने निर्णय गर्‍यो । सम्झौता अनुसार चिङ सीले जीवनभरि पेन्सन र उनको छोरा झाङ बोलाई चिनियाँ नौसेनामा महत्त्वपूर्ण पद दिइयो । त्यसपछि उनले आफ्नो पेसा छोडिन् र घर बनाएर बस्न थालिन् । ६७ वर्षको उमेरमा सुतिरहेका बेला नै उनको निधन भयो ।

विश्वभर शक्तिको प्रतीक बनेका यस्ता धेरै महिलाको उदाहरण पाइन्छन् । तर यी विषयमा बनेका चलचित्र वा साहित्यमा पुरुषलाई नै मुख्य पात्रको रूपमा देखाइन्छ । चिङ सीको कथा पढेर तपाईंले बुझ्नु भयो होला कि समुद्री लुटेरा अर्थात् पाइरेट्सको मामिलामा पनि त्यस्तै भयो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप