आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यी हुन् वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गराउने संस्था (सूचीसहित)

आइतबार, १० वैशाख २०८०, १६ : १५
आइतबार, १० वैशाख २०८०

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य संस्थाहरूको नवीकरण गरिएको सूची सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको सूची अनुसार २१५ संस्थाले नवीकरण गरेका छन् । वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२ अनुसार प्रत्येक आर्थिक वर्षको पौष मसान्तभित्र नवीकरण गर्नुपर्ने हुन्छ ।

सोही आधारमा यो वर्षका लागि २१५ स्वास्थ्य संस्थाले नवीकरण गरेका हुन् ।

त्यसरी नवीकरण गर्ने स्वास्थ्य संस्थाहरूमा सबैभन्दा बढी काठमाडौँ उपत्यकामा रहेका छन् । १७४ वटा स्वास्थ्य संस्था काठमाडौँ उपत्यकाभित्रका रहेका छन् । ती बाहेक सुनसरी, झापा, चितवन, नेपालगन्ज, धनुषा, दाङमा रहेका छन् ।

वैदेशिक रोजगारीमा जाँदा सरकारले तोकेका स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य परीक्षण गराउनुपर्ने कानुनी व्यवस्था छ । उनीहरूलाई हरेक वर्ष नवीकरण गराउँदै सोही आधारमा स्वास्थ्य परीक्षणको काम गराउँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप