आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बारा २ मा ६० प्रतिशत मत खस्यो, मतपेटिका संकलनको तयारी गरिँदै

आइतबार, १० वैशाख २०८०, १८ : ३२
आइतबार, १० वैशाख २०८०

काठमाडौँ । बारा निर्वाचन क्षेत्र नम्बर २ मा ६० प्रतिशत मत खेसेको छ । आइतबार भएको प्रतिनिधिसभा अन्तर्गत भएको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको हो । 

यसअघि गत मंसिरमा भएको निर्वाचनमा सो क्षेत्रमा ६४. ४४ प्रतिशत मत खसेको थियो । 

मतदान सकिएसँगै मतदान केन्द्रबाट मतपेटिका संकलनको तयारी भएको छ । ८२ मतदान केन्द्रका मतपेटिका संकलन गरेर कलैयास्थित शिक्षक तालिम केन्द्रमा ल्याएर गणना गरिने मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले बताए । 

मत पेटिका संकलन गरेर सर्वदलीय बैठकपछि आइतबारदेखि नै मतगणना गरिने उनले जानकारी दिए ।   

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप