आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा सवारी दुर्घटनामा सात जनाको मृत्यु

आइतबार, १० वैशाख २०८०, २१ : ४०
आइतबार, १० वैशाख २०८०

इस्लामावाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको ओकारा जिल्लामा आइतबार एउटा बसले कारलाई ठक्कर दिँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य दुई जना घाइते भएका पाकिस्तानी प्रहरीले जनाएको छ ।

उद्धार सेवाका अनुसार जिल्लाको अख्तराबाद क्षेत्र नजिकै सडकमा विपरीत दिशाबाट आइरहेको रिक्सालाई बचाउन खोज्ने क्रममा बसले कारलाई ठक्कर दिएको जानकारी प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धानपछि दिएको छ । 

घटनामा कारमा सवार एकै परिवारका सातै जनाको मृत्यु भएको र घाइतेमध्ये एक जना रिक्सायात्री र अर्का एक जना बसयात्री रहेको प्रहरीले जनाएको छ । 

पाकिस्तानमा कमजोर सडक संरचना, पहाडी भूगोल र चालकको लापरबाही कारण हुने सडक दुर्घटनामा परी हरेक वर्ष हजारौँ नागरिकले अकालमा ज्यान गुमाउने गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप