आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसीसी प्रिमियर कप : आज मुलपानी मैदानमा नेपाल र साउदी अरब भिड्दै

सोमबार, ११ वैशाख २०८०, ०६ : ५५
सोमबार, ११ वैशाख २०८०

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदै छन्।  कीर्तिपुरस्थित खेल मैदानमा हङकङ र बहराइनबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा नेपाल र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ।  दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ। 

यसअघि भएको खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको थियो भने साउदी अरबले कतारलाई सात विकेटले हराएको थियो । यसअघिको खेलमा विजेता रहेका दुवै टोली आज मैदानमा उत्रन लागेका हुन्।

उता हङकङ भने यूएईलाई डीएल पद्धतिमा ६७ रनलाई हराएर बहराइनसँग भिड्न लागेको हो भने बहाराइन यस अघिको खेलमा कुवेतसँग दुई विकेटलाई पराजित भएको टिम हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप