आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कमल थापाको चुनाव खर्च साढे १५ लाख

सोमबार, ११ वैशाख २०८०, १२ : २५
सोमबार, ११ वैशाख २०८०

मकवानपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गत प्रतिनिधिसभाको निर्वाचनमा रु. १५,३७,३४० (पन्ध्र लाख सैतिस हजार तीन सय चालिस) खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।

थापाका निर्बाचन प्रतिनिधि राजाराम बर्तौलाले बुझाएको विवरण अनुसार सवारीसाधनमा दुइ लाख, सम्पर्क कार्यालय सञ्चालनमा तीन लाख, गोष्ठि, अन्तरक्रिया शिर्षकमा दुइ लाख, प्रतिनिधि परिचालनमा चार लाख, प्रचारप्रसार सामग्रीमा १ लाख ७७ हजार ९ सय र प्रचारप्रसारको लागि छापा एवं विद्युतिय माध्यममा २ लाख ५९ हजार ४४० खर्च भएको उल्लेख छ ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा थापाले मकवानपुर १ बाट सूर्य चिन्ह लिएर चुनावी प्रतिस्पर्धा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप