आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिन्धुलीमा आगलागीबाट १ करोड १६ लाख क्षति

सोमबार, ११ वैशाख २०८०, १३ : २१
सोमबार, ११ वैशाख २०८०

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–२ स्थित चियाबारीमा आगलागी भएको छ । चियाबारीस्थित राजकुमार श्रेष्ठको घरमा सञ्चालित किराना पसलबाट सल्केको आगो अन्य होटल र टहरामा फैलिँदा ठूलो क्षति भएको छ । आगलागीबाट करिब १ करोड १६ लाख बराबरको क्षति भएको प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

स्थानीय राजकुमार श्रेष्ठको घर, कौशल थापाले सञ्चालन गरेको होटल, योगबहादुर थापाले संचालन गरेको होटल र गंगाबहादुर थापाको होटल जलेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप