आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काम नपाउँदा चिन्तित थिए कन्नड अभिनेताः घरमा भेटियो शव, एक वर्ष अघि भएको थियो विवाह

सोमबार, ११ वैशाख २०८०, १७ : ०२
सोमबार, ११ वैशाख २०८०

कन्नड अभिनेता सम्पथ जे रामको अचानक मृत्यु भएको छ । सम्पथलाई आफ्नो बेंगलुरुस्थित घरमा मृत भेटियो । प्रहरीले उनले आत्महत्या गरेको आशंका जताएका छन् । ३५ वर्षका सम्पथको शव २२ अप्रिलमा उनको नेलामंगलास्थित घरमा भेटिएको प्रहरीले जनाएको छ ।

सम्पथ काम नपाएका कारण चिन्तामा थिए भन्ने रिपोर्ट सार्वजनिक भएको छ । मृत्युको कारणबारे परिवारले अहिलेसम्म कुनै बयान जारी गरेको छैन । नेलामंगलाका एक निजी अस्पतालमा उनलाई लगिएको थियो  । त्यसपछि उनको पार्थिव शरीरलाई उनको गाउँमा लगियो ।

भारतीय सञ्चार माध्यमका अनुसार अभिनेताको एक वर्ष अघि मात्रै विवाह भएको थियो । रिपोर्टलाई विश्वास गर्ने हो भने कामको प्रस्ताव नआएका कारण उनी मानसिक तनावमा थिए । सम्पथले ‘अग्निसाक्षी’ का साथै फिल्म ‘श्री बालाजी फोटो स्टुडियो’ मा काम गरेका थिए । उनीसँगै काम गरिसकेका अभिनेता विजय सूर्या र राजेश ध्रुवले सम्पथको मृत्युमा शोक व्यक्त गरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप