आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सन्दीप लामिछानेको मुद्दा पुनः अर्को पेसीमा

सोमबार, ११ वैशाख २०८०, १७ : १३
सोमबार, ११ वैशाख २०८०

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने बिरुद्धको मुद्दा पुनः अर्को पेसीमा सुनुवाई हुने भएको छ । लामिछाने विरुद्धको बलात्कार मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँमा न्यायाधीश दिपक ढकालले सुुनुवाई गरे । न्यायाधीश ढकालले सो मुद्धा ‘हेर्दाहेर्दै’ मा राख्न अस्वीकार गरेका छन् ।

पुन: फेरि अर्को सुनुवाई गर्नेगरी सोमबारको बहस सकिएको लामिछानेतर्फका अधिवक्ता सरोजकृष्ण घिमिरेले रातोपाटीलाई बताए । नम्बर–२० इजलामा जाहेरवाला तर्फका कानुन व्यवसायी र सरकारी वकिलले बहस गरेका छन् । लामिछाने तर्फका कानुन व्यवसायीको तर्फबाट सोमबार बहस भएन ।

२०७९ पुस २८ मा लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो । यसअघि काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

असोज २० मा पक्राउ परेका सन्दीप नाबालिग बलात्कार आरोपमा प्रहरीले लामिछानेलाई असोज २० मा नियन्त्रणमा लिएको थियो । उनीविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत गौशालामा २०७९ भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप