आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
रातो मछेन्द्रनाथको रथयात्रा सुरु, तस्बिरहरु

रातो मछेन्द्रनाथको रथयात्रा सुरु, तस्बिरहरु

सोमबार, ११ वैशाख २०८०

काठमाडौँ । वर्षा र सहकालका देवता मानिने रातो मत्येन्द्रनाथ (रातो मच्छिन्द्रनाथ) को रथयात्रा सुरु भएको छ । सोमबार ललितपुरको पुल्चोकबाट मंगलबजारको गाःबहालसम्म रथयात्रा सुरु गरिएको हो ।    

पुल्चोकमा रथारोहण गराएपछि शुरु भएको मत्स्येन्द्रनाथको जात्रा लगनखेलमा भोटो देखाई मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि रथजात्रा समापन हुन्छ । रथलाई जात्रा अवधिभर ललितपुरको टोलटोलमा घुमाइन्छ । जात्रा ललितपुरका नेवार समुदायले एक महिना भर मनाउँछन् । 

यस जात्राको सांस्कृतिक एवं धार्मिक महत्त्व रहिआएको संस्कृतिविद् बताउँछन् । पाटनको सबैभन्दा महत्त्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको यस जात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरु भई असार शुक्ल चौथीमा समाप्त हुन्छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया