आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

‘फ्लाई दुवई जहाज सुरक्षित गन्तव्यतिर जाँदैछ, कोही चिन्ता नगर्नुहोला : मन्त्री किराती

सोमबार, ११ वैशाख २०८०, २२ : १२
सोमबार, ११ वैशाख २०८०

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले फ्लाई दुवईको जहाज सुरक्षित आफ्नो गन्तव्यतिर गइरहेको बताएका छन् । उनले विमान दुवईतिर सुरक्षित गएकाले चिन्ता नगर्न भनेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा मन्त्री किरातीले भनेका छन्,  ‘फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ कोही चिन्ता नगर्नुहोला सबैलाई शुभयात्रा ।’ सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्यि विमानस्थलबाट दुवईका लागि उडेको विमानमा केहीबेरमै झिल्का देखिएको थियो । त्यसलगत्तै विमानमा आगलागी भएको आशंका गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप