आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मन्त्री मोदी स्वदेश फिर्ता

मङ्गलबार, १२ वैशाख २०८०, १० : ११
मङ्गलबार, १२ वैशाख २०८०

काठमाडौं । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औँ सत्रमा नेपालको प्रतिनिधित्व गरेर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी स्वदेश फर्किएका छन् । 

मन्त्री मोदीसहितको प्रतिनिधिमण्डल गएराति दोहा हुँदै स्वदेश फर्किएका हुन् । सत्रमा मन्त्री मोदीले नेपालको तर्फबाट महत्वपूर्ण सम्बोधन गरेका थिए । उनले नेपालको संविधानमा व्यवस्था भएको समावेशी समानुपातिकता, आदिवासी जनजाति, थारु समुदायको हक अधिकार सुनिश्चितताका सम्बन्धमा मन्तव्य राखेका थिए । 

मन्त्री मोदीले थारु समुदायमा भयावह रुप लिएको सिकलेस एनिमियाको विषयलाई प्राथमिकताका साथ सत्रमा उठाएका थिए । झण्डै डेढ साताको भ्रमणका क्रममा मन्त्री मोदीले संयुक्त राज्य अमेरिकास्थित विभिन्न क्षेत्रको अवलोकन समेत गरेका थिए । 

सत्रमा आदिवासी जनजाति, मानव स्वास्थ्य, ग्रह, क्षेत्रीय स्वास्थ्य र जलवायु परिवर्तन लगायतका सम्बन्धमा छलफल भएको जनाएको छ । सत्र २८ अप्रिलसम्म जारी रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप